एजेन्सी । गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ।
बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्।
यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी सङ्गठनले त्यहाँको अवस्थाको बारे चिन्ता व्यक्त गरेका थिए।
इजरायलमा राहत वितरणमा रोक लगाएको इजरायलले भने यसको दोष हमासलाई नै लगाएको छ। लाजारानीले भोकमरीका कारण १०० जना भन्दा बढीको ज्यान गइसकेको बताए।
उनले अहिले नै तत्काल केही उपाय नलगाएमा धेरै जना बाल बालिकाको ज्यान जाने जोखिम बढेको उनीहरुको भनाइ छ। बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि गाजामा धेरै जना भोकमरीको समस्यामा परेको भन्दै विज्ञप्ति जारी गरेको थियो। डब्लुएचओले मान्छेले नै यत्ति ठुलो संकट निम्त्याउनुलाई दुभाग्यपूर्ण भनेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० साउन २०८२, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु