सिराहा । सिराहाको गोलबजारमा आफ्नै भाइले खुकुरी प्रहारबाट गर्दा दाइको मृत्यु भएको छ । गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाको खुकुरी प्रहारबाट उनकै दाइ ३५ वर्षीय लेलहा भन्ने मोतीराम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताएका छन् ।
श्याम र उनकी श्रीमती कौशिल्या देवी सदाबिच घरायसी विवादका कारण कुटपिट हुन थालेपछि छुट्याउन पुगेका मोतीराममाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए ।
खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतीरामलाई तत्काल उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको छ ।
खुकुरी प्रहार गरी तत्काल जङ्गलतर्फ भागेका श्यामको रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
शव पोस्ट मार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र कुमार पासवानले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु