काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् ।
कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र काँग्रेसको खेलकुद विभागले संयुक्त रूपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको मेलमिलाप नीति आज पनि सान्दर्भिक भएको बताए ।
सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे । “वास्तवमा बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ,” सभापति देउवाले भने ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाई छ । उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउनुभएको सभापति देउवाले बताए।
बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन काँग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ छ । उनले बिपी कोइराला सधैँ आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए ।
देउवाले भारत निर्वासनमा रहेर तत्कालीन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठ वटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किएको स्मरण गरे । बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली काँग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा