काठमाडौँ । पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।
डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए । मध्यपहाडी लोकमार्ग स्थित खुकोर्टबाट कटारी जाने सडक पनि ३ ठाउँमा अवरुद्ध भएको थियो । सो सडक पनि हाल सञ्चालनमा आएको एसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा