काठमाडौं । धनुषामा आइतबार (साउन ४) बिहान ‘मध्यम’ वर्षा भएको छ । तुलसी वर्षामापन केन्द्र र आसपास क्षेत्रमा मध्यम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षाको सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन ०४ गते, बिहान ८ः५६ बजे । पछिल्लो एक घण्टामा धनुषा जिल्लास्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न