काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट भइरहने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यादवले भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ’, यादवले लेखेका छन् ।
उनले सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तालाई भने मधेस मूलका भएकै कारण राजीनामा दिन बाध्य पारेको तर भूमिमन्त्री बलराम अधिकारीलाई जोगाएको संकेत गरेका हुन् ।
‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो’, यादवले भनेका छन्, ‘बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठुलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’ अधिकारीको ठाउँमा कुनै मधेसी,थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले नछोड्ने पनि यादवको भनाइ छ ।
‘बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन्’, यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको संघीय संरचना भत्काउनुपर्छ: उपेन्द्र यादव
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव