सिरहा । जिल्ला सदरमुकाम सिरहा हुँदै भारतसँगको सीमावर्ती बजार माडर जोड्ने सडकअन्तर्गत माडर बजार क्षेत्रको आरसिसी ढलानको काम गुणस्तरहीन भएको भन्दै मङ्गलबार दिनभर स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीयले सरकारी निकाय र ठेकेदार कम्पनीबिचको मिलेमतोमा योजनाबमोजिमको मापदण्ड नअपनाई कमसल सामग्री प्रयोग गरिएको आरोप लगाएका छन् । “माडरको कालि मन्दिरबाट भन्सार जाने बाटोको ६० मिटर सडकमा गत आइतबार राति गरिएको ढलानमा गिट्टी, बालुवा र सिमेन्टको अनुपात नमिलाई कमसल निर्माण गरिएको छ । सोमबार बिहानै अनुगमनका क्रममा लट्ठीले घोच्दा पनि सडक फुट्ने देखियो”, स्थानीय रामकुमार यादवले भने ।
सिरहा नगरपलिका–१७ का वडाध्यक्ष उमेशप्रसाद यादवका अनुसार गुणस्तरहीन निर्माण भएपछि नगरपालिकाका प्राविधिक र प्रहरी बोलाएर अनुगमन गरिएको छ । निर्माण व्यवसायीको मिक्स्चर र पानीट्याङ्कर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।
निर्माण कम्पनीका साइट इञ्जिनियर सञ्जीव साहले मजदुरको त्रुटिका कारण समस्या भएको स्वीकार गरे । उनले अब प्राविधिक परीक्षण गरिने जानकारी दिँदै भने “आइतबार रातिको ढलानमा घोल्दा गल्तीले छिटो जम्ने केमिकल बढी प्रयोग भएको हो । निर्माण सामग्रीको अनुपात नमिलेको होइन ।”
योजनाअन्तर्गत सिरहा सदरमुकामबाट माडरसम्मको एक हजार ३०० मिटर सडकमा दुवैतर्फ वर्षा यामको पानीको निकासका निम्ति नाला निर्माण, ग्राभेल, माटो भर्ने, आरसिसी ढलान र विद्युत् पोल सार्ने कार्य समावेश छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालयले रु छ करोड ५८ लाख ५३ हजार ८१० मा यो सडक निर्मााणको सम्झौता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द
पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड ठप्प, डोजरमार्फत खुलाउने प्रयास जारी
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै
दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती
बाढीपहिरोले बिहानैदेखि यी सडकखण्ड पूर्णरुपमा अवरुद्ध