काठमाडौँ । कोसी प्रदेश प्रमुख परशुराम खापुङले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस आएको विधेयकहरू उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
जसअनुसार कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२, आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि कोसी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०८२ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय