काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, विकास निर्माण लगायत सबैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।
वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारवाही प्रति जबाफदेही समेत नदेखिएको उनले बताए । बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभई अनियमितताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरूको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गरे ।
उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मूर्खता हुनेजस्तो देखिएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले खेल क्षेत्रमा हुकुमी शैलीमा हस्तक्षेप गरिरहेको छ: सांसद बस्नेत