काठमाडौँ । आइतबार दुईवटा संसदीय समितिको बैठक बस्दैछन् । संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
प्रत्यायोजित समितिको बैठक सिंहदरबारमा बिहान साढे ११ बजे सुरु हुनेछ । उक्त बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरु र विविध विषयमा छलफल हुनेगरी एजेण्डा तय गरिएको छ ।
यस्तै साढे ११ बजे बस्ने सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेगरी एजेण्डा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै