काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
थानकोटबाट कलङ्की जाँदै गर्दा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय हुन् । शुक्रवार बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । डिभाइडर मा ठोक्किएपछि सो मोटरसाइकल बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।
स्कुटर चालक धादिङ धुनिवेशी वडा नम्बर–९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् । उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु