रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीले हालै गरेको अनुशासन कारबाहीलाई ‘प्रतिशोध र बेमौसमी बाजा’ को भनेका छन् । नेताहरूमाथिको निष्कासन र निलम्बनको कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनले यसलाई तत्काल फिर्ता लिन माग गरेका छन् । बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कारबाहीको प्रक्रिया र निर्णयमा निष्पक्षता र पारदर्शिता नभएको टिप्पणी गरे ।
‘यो अनुशासनको नाममा प्रतिशोधमात्र हो । यो त आफ्नै पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति हो । पोहोर मरिन् सासू, अहिले आए आँसु । यो त बेमौसमी बाजाजस्तै निर्णय हो ।’
भण्डारीले यस्ता अपरिपक्व निर्णयले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिए । ‘राजनीतिक विवेक गुमाउने निर्णयहरू पार्टीका लागि हितकारी हुँदैनन् । अनुशासनको नाममा गरिएको यो प्रतिशोध तत्काल फिर्ता गरिनुपर्छ’, भण्डारीको भनाइ छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले हालै स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको कसुरमा डेढ दर्जनभन्दा बढी नेता-कार्यकर्तालाई कारबाही गरेको छ ।
इतर समूहले आफ्ना पक्षकालाई छानीछानी कारबाही गरेको भन्दै छुट्टै बैठक बसेर आफ्नो धारणा र अबको रणनीतिसमेत बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी