काठमाडौँ । निरन्तर वर्षापछि सडक भासिदा अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सुचारु भएको छ । बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानीपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । अहिले भासिएको स्थानमा माटो भरेर एकतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सडक भासिने क्रममा फसेको लु १ ख ५८२७ नम्बरको एउटा मालवाहक ट्रक तानेर हटाइएको छ ।पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भए पनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो ।
नारायणगढ बुटवल सडक खण्डमा पानी पर्ने बित्तिकै सडक भासिने, पहिरो खस्ने र सडक चिप्लो हुने समस्याले पटक पटक यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्ने सडक एकतर्फी सञ्चालनमा
दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध