काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्छ ।’
समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको पनि सुनाए । काँग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।
उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखी राख्ने स्थिति रहेन ।’
सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुको लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल
जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु