काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्छ ।’
समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको पनि सुनाए । काँग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।
उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखी राख्ने स्थिति रहेन ।’
सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि