बागलुङ । बागलुङको जैमिनी नगरपालिका– ९ पैयुँथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।
बुधबार बिहान आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीयले बताएका छन् ।
बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि पैयुँथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।
पैयुँथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने