विद्युत प्राधिकरणमा हितेन्द्रको १०० दिन, के के गरे काम ? (पूर्णपाठ)

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०८२, १६ : ३०
विद्युत प्राधिकरणमा हितेन्द्रको १०० दिन, के के गरे काम ? (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर हितेन्द्रदेव शाक्य आएको आज १०० दिन पूरा भएको छ । सोही अवसरमा उनले १०० दिनमा गरेका कामबारे आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा ९ पेज लामो विवरण सार्वजनिक गर्दै उनले भने, ‘म प्राधिकरणमा एमडी भएर आएको आज १०० दिन पूरा भएको छ । यो समयमा त्यस्तो ठूलो काम नदेखिए पनि ससाना काम भएको छ । मैले विद्युत वितरण प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु । सबस्टेशन निर्माण भइरहेको छ । प्रशारणलाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाटको काम भएको छ । विद्युत प्राधिकरणका आयोजनाहरुमा प्राथमिकताका साथ शेयर दिने व्यवस्थाका लागि पहल भएको छ ।’

प्राधिकरणसँग ठेक्का, वन र जग्गाको दायित्व दिन पैसा नभएर १० अर्ब ऋण लिएको कार्यकारी निर्देशक शाक्यको आफ्नो १०० दिनको काममा उल्लेख छ । दमौली-भरतपुर १३२ केभी प्रशारणलाइनको विद्युत शक्ति बहावको क्षमता ७० मेगावाट वृद्धि गरी करिब १३० पुगेको छ ।

निजी ऊर्जा उत्पादकहरूले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेको जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विद्युत सहज रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागि उक्त लाइनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

ढल्केवर ४०० केभी सबस्टेशनबाट निकालिएको लोहारपट्टीतर्फको दुई वटा १३२ केभी लाइनमध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाइन बेलाई ढल्केवरदेखि हेटौंडासम्मको निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेशन नजिकको ४०० केभी टावरमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस