गाईघाट । पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ । बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो । म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ ।
उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो ।
पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सा/मृत सञ्जीवनी जेभी बानेश्वरले २०७४ असारको म्याद राखी ठेक्का सकारेका थिए । नाकाबन्दी, बन्दहडतालजस्ता बहाना बनाउँदै कम्पनीले तोकिएको समयसीमामा ५ प्रतिशत मात्र काम गरेको थियो । पुनः २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी एक वर्ष म्याद थप गरिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ मंसिर २०७५, ०७ : २३
लेखकबाट थप