काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न केही बेरअघि बालुवाटार छिरेका हुन् ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् ।
हिजो सकिएको काँग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भए पनि सरकारको गति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै काँग्रेसमा सरकारको चर्को आलोचना भएको थियो ।
गठबन्धनको एक वर्ष पुग्न लाग्दा काँग्रेस-एमाले मन्त्रिपरिषद् हेरफेरको पनि तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा