काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८३ को मंसिर पर लगेर १५ औँ महाधिवेशन हुन नसक्ने बताएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकको अन्तिम दिन बोल्ने क्रममा महामन्त्री थापाले २०८३ भन्दा पछाडि लान नहुने बताए । त्यसपछि महाधिवेशन गर्न संवैधानिक र कानूनी आधार समेत नहुने उनले बताए ।
‘त्यसैले ८३ मंसिरसम्म पनि नपुर्याई कन सकेसम्म छिटो हामीले गर्यौँ भने स्थानीय निर्वाचनको तयारीका लागि पार्टीले आन्तरिक काम गर्न पाउँछ ।’
पार्टीमा कोही महाधिवेशनको पक्षधर र कोही पक्षमा नभएको जस्तो गरी नेताहरूले प्रचार गर्ने गरेको भन्दै आपत्ति जनाए । ‘कोही महाधिवेशन गर्ने पक्षको, कोही महाधिवेशन नगर्ने पक्षको, कोही छिटो गर्ने, कोही ढिलो गर्ने, जुन कुरामा हामी कोही पनि छैनौँ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड