बागमती । बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।
यही असार १ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२–०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए । सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेशसभा सदस्यहरुले सोमबार धारणा राख्ने छन् ।
बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो ।
शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ असार २०८२, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभामा बैठक बस्दै
बागमती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
कोशी प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिने