एजेन्सी । इजरायल र हमासबिचको अप्रत्यक्ष युद्धविराम वार्ता बिना कुनै ठोस सफलता समाप्त भएको छ। वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले यसको जानकारी दिएका हुन्।
ती अधिकारीका अनुसार, कतारको दोहामा दुई छुट्टाछुट्टै भवनमा करिब साढे तीन घण्टासम्म चलेको यो सत्रमा दुवै पक्षबिच कतारी र इजिप्टियन मध्यस्थकर्ताहरूमार्फत सन्देश र स्पष्टीकरण आदानप्रदान गरिएको थियो । तर कुनै प्रगति हासिल हुन सकेन।
वार्ता सोमबार फेरि सुरु हुने अपेक्षा गरिएको अधिकारीले थप बताए । मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउन र दुई पक्षबिचको मतभेद कम गर्न प्रत्येक प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै बैठक गर्ने योजना बनाएका छन्।
रोयटर्स समाचार एजेन्सीले दुई प्यालेस्टिनी अधिकारीहरूसँग कुरा गर्दा इजरायली प्रतिनिधिमण्डललाई हमाससँग सम्झौता गर्न ‘पर्याप्त अधिकार’ नभएको र उनीहरूसँग ‘वास्तविक शक्ति नभएको’ बताएको थियो।
यही समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन प्रस्थान गरेका छन्। नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपतिसँगको आफ्नो भेटले थप बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामको लागि सम्झौता गर्ने प्रयासमा प्रगति गर्न मद्दत पुग्ने बताएका छन्। उनले आफ्ना वार्ताकारहरूलाई इजरायलले स्वीकार गरेका सर्तहरूमा युद्धविराम सम्झौतामा पुग्न स्पष्ट निर्देशन दिएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ असार २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का