क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

एजेन्सी

आइतबार, २२ असार २०८२, ०८ : ३६
क्लब विश्वकप: रियल म्याड्रिड नाटकीय जितसहित सेमिफाइनलमा

एजेन्सी । बोरुसिया डर्टमन्डलाइ ३-२ ले हराउँदै रियल म्याड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा रियलले पिएसजीसँग खेल्ने छ।

शनिबार राति भएको नाटकीय खेलको इन्जुरी समयमा ३ गाले हुनुका साथै एक रातो कार्ड देखाइएको थियो। सो खेलको १० औँ मिनेटमा आडाए गुलरको पासमा गोन्जालो गार्सियाले गोल गरेका थिए।

प्रतियोगिताको ५ खेलमा उनको यो चौथो गोल हो। त्यसको १० मिनेटपछि नै अलेक्जेन्डर आर्नोल्डको पासमा फ्रान गार्सियाले गोल गरे पछि रियलले दुई गोलको अग्रता लिएको हो। इन्जुरी समय भने नाटकीय भएको थियो।

इन्जुरी समयमा म्याक्सिीमिलयन बियरले डर्टमन्डका लागि पहिलो गोल गरेका थिए। त्यसको लगत्तै केलिएन एम्बाप्पेले रियलका लागि गोल गरेका हुन्।

अन्तिम समयमा सेराउ गेरासीलाई ताने बापत डिन हुजेसनले रातो कार्ड पाए। त्यसै समयमा पाएको पेनाल्टीलाई गेराउसीले गोलमा परिणत गरे।

प्रतिक्रिया दिनुहोस