हेटौंडा । बागमती प्रदेशसभा बैठक आइतबार बस्दैछ । आइतबार बिहान ११ बजे बस्नेगरी बैठक तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि आइतबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेकामा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक पक्षमा छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
बैठकमा मन्त्री काफ्लेले प्रदेशसभा सदस्यहरूको भावनाको कदर गर्दै विनियोजित बजेटलाई सन्तुलित र जनताको चाहनाअनुसार बहुवार्षिक योजना तथा भौतिक पूर्वाधार विकासलाई समानुपातिक रूपमा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै