काठमाडौँ । संघीय निजामती विधेयकको ‘कुलिङ अप पिरियड’मा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।
उनका अनुसार समिति ७ सदस्यीय रहनेछ । जसमा नेकपा एमाले र नेपाली काँग्रेसको तर्फबाट २-२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १-१ जना सदस्य रहनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १८ : ३५
लेखकबाट थप