एजेन्सी । अमेरिकाले अघि सारेको दिने गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौताको पछिल्लो प्रस्तावमा हमासले सकारात्मक प्रतिक्रिया दिएको छ। प्यालेस्टिनी सशस्त्र समूहले विज्ञप्ति जारी गर्दै वार्ताको चरणमा तुरुन्तै प्रवेश गर्न गम्भीर रूपमा तयार रहेको उल्लेख गरेको छ ।
जसले महिनौंको असफल प्रयासपछि द्वन्द्व रोक्ने सम्झौताको बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हमासले मध्यस्थकर्ताहरूलाई युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया पेश गरेको र यो तुरुन्तै वार्ताको चरणमा प्रवेश गर्ने समाचारमा उल्लेख छ ।
यसअघि इजरायलले अमेरिका-प्रायोजित युद्धविरामको रूपरेखा स्वीकार गरिसकेको थियो, जसको अर्थ अब युद्धविराम सम्झौता आधिकारिक रूपमा पुग्नुअघि दुवै पक्ष विस्तृत वार्तामा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
तर २० महिनाको युद्धको स्थायी अन्त्यको लागि वार्ता असफल भएमा शत्रुता पुनः शुरू नहुने अमेरिकी ग्यारेन्टीसहित केही शर्तहरू पनि राखेको छ ।
इजरायल र अमेरिकाबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले ६० दिनको युद्धविरामको लागि आवश्यक सर्तहरू स्वीकार गरेको बताएका थिए ।
युद्धविराम योजनामा इजरायली जेलमा राखिएका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा १० जीवित इजरायली बन्धकहरूको क्रमिक रिहाइ गरिने उल्लेख छ ।
प्यालेस्टिनी अधिकारीका अनुसार हमासले माग गरेको अर्को प्रमुख संशोधन इजरायली सेना फिर्ताको बारेमा हो । अमेरिकी प्रस्तावमा उत्तरी र दक्षिणी गाजाका केही भागहरूबाट चरणबद्ध रूपमा फिर्ता निकाल्ने कुरा समावेश गरिएको विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ असार २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणका कारण गाजामा हालसम्म ७० हजारभन्दा बढी मारिए : हमास
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा