एजेन्सी । इङ्ग्ल्याण्ड विरुद्धको बर्मिङ्घम टेस्टमा भारतका कप्तान शुभमन गिलले २६९ रनको इनिङ खेल्दै सुनिल गावस्कर, सचिन तेन्दुलकर र विराट कोहलीजस्ता दिग्गजहरूको रेकर्ड तोडेका छन् । उनी सर्वाधिक स्कोर गर्ने भारतीय कप्तान बने ।
कप्तान गिलले बर्मिङ्घममा पहिलो दिन शतक बनाएका थिए, जसलाई उनले दोस्रो दिन दोहोरो शतकमा परिणत गरे । २५ वर्षीय शुभमन २६९ रन बनाएपछि आउट भए। यो टेस्टमा उनको पहिलो दोहोरो शतक थियो । उनले २३ वर्षको उमेरमा एकदिवसीय ढाँचामा पनि दोहोरो शतक बनाएका थिए ।
शुभमन २ फरक ढाँचामा दोहोरो शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । उनले रोहितको रेकर्ड तोडेका थिए, जसले ३२ वर्षको उमेरमा दुवै ढाँचामा दोहोरो शतक बनाएका थिए।
शुमन इङ्ग्ल्याण्डमा सर्वाधिक स्कोर गर्ने भारतीय खेलाडी पनि बनेका छन् । उनले सुनिल गावस्करको ४६ वर्ष पुरानो रेकर्ड तोडेका छन् । गावस्करले १९७९ मा द ओभल मैदानमा २२१ रन बनाएका थिए। यी २ बाहेक, २००२ मा इङ्गल्याण्डको मैदानमा राहुल द्रविडले मात्र दोहोरो शतक बनाउन सकेका छन् ।
शुभमन एसिया बाहिर सबैभन्दा धेरै रन बनाउने भारतीय पनि बनेका छन् । उनले २००४ मा सिड्नी मैदानमा २४१ रन बनाएका सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० असार २०८२, ०७ : ३०
लेखकबाट थप