नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

सफल खबर संवाददाता

विहीबार, १९ असार २०८२, १४ : ३७
नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो ।

हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ । यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ ।समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन ।

नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो ।

हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ । यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ । समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन ।

नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

 

प्रतिक्रिया दिनुहोस