काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको बताएपछि पार्टीले सोधेको दाबी गरेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरे ।
उनले भने, ‘उहाँलाई अनुशासन आयोगले स्पस्टीकरण सोधेको हो । अनुशासनले सोधेपछि पार्टीले नै सोधेको हुन्छ ।’तर झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै आज बैठकमा बोल्न समय माग गरेकी थिइन् । तर महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखाउँदै बैठक स्थगित गरिएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ ।
उनले अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद छ ।
उनले पार्टीलाई बुझाएको पत्रमा भनिएको छ, ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न। कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’
उनले आजको बैठकमा आफ्नो कुरा समय माग गरेकी थिइन् । तर, बैठक स्थगित भएको कारणले आज धारणा राख्न नपाएको उनले नेपाल प्रेसलाई बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने