माओत्से गुरूङको 'पेन्सनपट्टा' मा जोडिए दयाहाङ राई

सफल खबर संवाददाता

विहीबार, १९ असार २०८२, ११ : ५३
माओत्से गुरूङको 'पेन्सनपट्टा' मा जोडिए दयाहाङ राई

काठमाडौं । माओत्से गुरूङको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'पेन्सनपट्टा' मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरूको दोस्रो सहकार्य हुनेछ। यसअघि माओत्सेको डेब्यु निर्देशकीय फिल्म 'दयारानी' मा दयाहाङ नै मुख्य भूमिकामा थिए।

दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट फिल्म दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरूङ बताउँछन्। शीर्षकअनुसार फिल्म भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भए पनि यसले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरूङले बताए।

माओत्से गुरूङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरूङले नै लेखेका हुन्। दयाहाङ बाहेक फिल्ममा अरू कलाकार को–को रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरूङले बताए। 

कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ। सुशन प्रजापनिले खिच्ने फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु हुन्।

 

 

 


 

 

प्रतिक्रिया दिनुहोस