हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए ।
बिहीबारबो बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै