तनहुँ । तनहुँका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन वन कार्यालय तनहुले २२ प्रजातिका बिरुवा निःशुल्क वितरण गरेको छ ।
उक्त कार्यालयले यो वर्ष किसानलाई ४० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको जनाएको छ । सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार किसानलाई कार्यालयको नर्सरीमा उत्पादित चाँप, खयर, निम, चिउरी, कटहर, बकाइनो, राइखन्यु, निमारो, अमला, हर्रो, टिमुर, बडहर, तेजपात, कुरिलो, कपुर, धुपी, अशोका, बेल, वर, पिपल, म्याङ्गोस्टिक, कल्कीफूलका बिरुवा वितरण गरिएको हो ।
गत आर्थिक वर्षमा कार्यालयले ८२ हजार बिरुवा वितरण गरेको थियो । जिल्लाका कूल क्षेत्रफलमध्ये करीब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी
तीनजुरे रातपोखरी सामुदायिक वनमा २८ हजार गुराँसका बिरुवा हुर्काइँदै
रुकुम पश्चिमका सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो