काठमाडौँ । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरिबहादुर, बुद्धि बहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
गोकर्ण, मानबहादुर र सोमलाल भने फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ