काठमाडौँ । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरिबहादुर, बुद्धि बहादुर, अरुण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
गोकर्ण, मानबहादुर र सोमलाल भने फरार भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ