एजेन्सी । सामाजिक संजाल र अनलाइनमा ‘भाइरल’ भइरहेको महिलामाथि यौन दुराचारसँग सम्बन्धित एक भिडियोले बंगलादेशमा आक्रोश निम्त्याएको छ ।
गत बिहीबार स्थानीय मिडियासँग कुराकानी गरेकी ती महिलाले आफ्नो माइतीघरमा आफू बलात्कार भएको बताएकी छन् । भिडियोको पृष्ठभूमिमा घटनास्थलमा धेरै व्यक्ति देखिएका छन् ।
यो घटनापछि प्रहरीले पाँचजनालाई पक्राउ गरेको र जसमा कथित बलात्कारी पनि समावेश भएको बताइएको छ । अधिकारीहरूले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक अनुसन्धान गर्ने बताएको बीबीसीले जनाएको छ ।
यो भिडियो अनलाइनमा फैलिएपछि साताको अन्त्यमा देशभरि प्रदर्शनहरू भएका छन् । धेरै मानवअधिकार समूहहरूले संलग्न व्यक्तिहरूलाई कडा सजायको माग गरेका छन् ।
प्रहरीका अनुसार ती महिला हिन्दु अल्पसंख्यक समुदायकी भएको र मध्य बंगलादेशको कुमिल्ला जिल्लामा आफ्नो माइती घरमा जाँदा एक छिमेकीले जबरजस्ती प्रवेश गरी उनमाथि आक्रमण गरेका समाचारमा उल्लेख छ ।
ती महिलाले स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा आरोपी खराब नियतले घरमा प्रवेश गरेको र उनलाई यातना दिएको बताएकी छन् ।
प्रहरीले ३६ वर्षीय फजोर अली मुख्य आरोपी भएको बताएको छ । उनलाई घटना भएको रातमा सर्वसाधारणले कुटपिट गरेपछि अस्पताल भर्ना गरिएको थियो । हात र खुट्टामा चोट लागेकाले उनी आइतबार अदालतमा उपस्थित हुन नसकेको बताइएको छ । अन्य चारजनालाई आक्रमणको भिडियो खिच्ने र सेयर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
“यदि, एक महिला आफ्नै घरमा सुरक्षित छैन भने यो राज्यको गम्भीर असफलता र सुरक्षामा भएको विचलन हो,” राष्ट्रिय कानुनी सहायता र मानवअधिकार संगठन आइन ओ सलिस केन्द्रले विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ असार २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ