काठमाडौँ । नारायणहिटी दरबारका खुल्न बाँकी रहेको १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो ।
तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले सातामा एकपल्ट भेट्नका लागि खोलिने इलाम कक्ष खुला भएको हो । यस्तै जनै पूर्णिमामा शाही परिवारले जनै र डोरो बाँध्न मात्र प्रयोग हुने गरेको सुनसरी कक्ष, युवराज युवराज्ञीको जन्म उत्सवमा मुमा रत्नबाट भोज गर्ने गरिएको सप्तरी कक्ष र खाना खानुअघि भलाकुसारी गर्ने गरिएको सिराहा कक्ष पनि खुला गरिएको छ ।
सिनेमा हल, पुस्तकालय र शाही परिवारले दारी जुँगा मिलाउने सैलुन कक्ष भने अझै खुल्न बाँकी छ । यसबाहेक राजा वीरेन्द्रको निवास श्रीसदन पनि खुल्न भने बाँकी नै छ । याे खबर अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०८ मंसिर २०७५, ०८ : ०१
लेखकबाट थप