काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारदेखि सुरु बैठकमा छलफल गर्नका लागि काँग्रेसले विभिन्न प्रस्तावहरू तयार गरेको छ ।
काँग्रेसका अनुसार बैठकमा छलफलका लागि तय गरिएका प्रस्तावहरूमा राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिक लगायत एजेन्डाहरू छन् । बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसैगरी अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण, केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार, काँग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त ‘नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धबारे पनि बैठकमा छलफल हुनेछन् ।
यसैगरी कार्यसम्पादन समिति बैठकले गरेका निर्णयको अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने, संसद् र सरकारमा पार्टीको भूमिका प्रभावकारिता लयागतबारेमा पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी
कांग्रेस सभापति देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारी
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै
नयाँ बानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला