दाङ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङबाट एक युवकलाई पक्राउ गरेको छ।
ती किशोरीलाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-४ का ३८ वर्षीय चन्द्र मगर पक्राउ परेका प्रहरीले जनाएको छ।
मगरले गएको शुक्रबार आफ्नै घरमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेका प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।
किशोरीका अभिभावकले जाहेरी दिएपछि उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ