काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
सबै समितिका बैठक बिहान ८ देखि ११ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभाकक्षमा बस्ने छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।
राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यहरूसँग छलफल गर्ने तयारी छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै