सुनसरी । वराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट करिब १ सय २० किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुकी उनीहरूलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ बस्ने २२ वर्षीय विकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार विकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु