सुनसरी । वराहक्षेत्र नगरपालिका–५ तीनकुनेबाट करिब १ सय २० किलोग्राम लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुकी उनीहरूलाई प्रहरी पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ बस्ने २२ वर्षीय विकास यादव रहेका छन् । प्रहरी चौकी भरौलबाट खटिएको प्रहरीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई राखेको ६ वटा पोकामा उक्त परिमाणको गाँजा फेला पारी कार चालक धिरज र कारमा सवार विकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ