काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो ।
गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।
घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो