काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो ।
गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा, नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।
घाइतेको मेलम्ची नगर अस्पतालमा सामान्य उपचार पछि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते