काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुको लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।
सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई प्रभावकारी ढंगले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई असार १६ र १७ गते जनकपुरधाममा प्रशिक्षण दिन लागिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाललाई लक्षीत गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गरी सञ्चालन गर्न प्रत्येक जिल्लाहरुबाट आइटी सेलमा आबद्ध भएर सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले प्रशिक्षण दिने प्रमुख बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश