काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीलाई बधाइृ दिएका हुन्।
‘यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षकरशिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु।’
उनले राष्ट्र निर्माण र समृद्धिका लागि एसईईमा प्राप्त उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’