दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १५ : २९
दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका दूध उत्पादक कृषकको करिब रु. तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले डेरी उद्योगको छाता संगठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो ।

निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन् । 

 

प्रतिक्रिया दिनुहोस