पाँच जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १३ : २१
पाँच जना जुवाडे पक्राउ

काठमाडौँ । जुवातास खेलेको आरोपमा काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट पाँच जना पक्राउ परेका छन् ।

डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिलकुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिलसहित ५ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस