चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रवीन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किँएका हुन् ।
सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक