काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ । त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा निर्धारण भएको उनले बताए ।
पार्टीको महाधिवेशन/अधिवेशनबाट निर्वाचित वा मनोनयनको प्रक्रियाबाट निर्वाचित पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्यहरुले प्रदेश अधिवेशनका लागि प्रतिनिधि/पदाधिकारी वा सदस्यमा उम्मेदवारी दिन पाउने छ । तर उम्मेदवारी दिनुभन्दा अगावै तत्काल कायम रहेको आ–आफ्नो पदीय दायित्वबाट राजिनामा दिई सो स्विकृत भएको प्रमाणसमेत आवेदन/मनोनयन/उम्मेदवारी फारमसँग संलग्न गर्नुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश