एजेन्सी । गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका छन्। इजरायली सेनाले गाजामा मारिएका आफ्ना सातजनाज सैनिकको विवरण बुधबार सार्वजनिक गरेको छ।
उहरू सबै १९ देखि २१ वर्ष उमेर समूहका थिए। मृतक सबै ६०५औँ इन्जिनियरिङ ब्याटालियनका सदस्य रहेका खुलेको छ।
मंगलबार भएको घटनामा मारिएका एक सैनिकको नाम अझै सार्वजनिक गरिएको छैन, परिवारलाई सूचना दिन बाँकी रहेकोले उनको नाम सार्वजनिक नगरिएको हो।
उक्त बटालियनका अर्का एक सैनिक गम्भीर घाइते छन्। उनलाई इजरायल फर्काएर उपचार भइरहेको आईडीएफले जनाएको छ।
इजरायली सेनाका अनुसार, गाजाको खान युनुस क्षेत्रमा कार्यरत एक युद्ध इन्जिनियरिङ टोलीका सदस्य मारिएका हुन्। उनीहरू चढेको बख्तरबन्द गाडीमा बिछ्याइएको विस्फोटक विस्फोट हुँदा घटनास्थलमै ज्यान गएको हो।
सुरक्षास्रोतका अनुसार, प्यालेस्टिनी लडाकुले पहिले एक एम्बुस राखेर इजरायली फौजलाई लक्षित गरेका थिए। त्यसपछि उद्दारका लागि पठाइएको दोस्रो टोलीलाई लक्षित गर्दै अर्को घात गरिएको थियो।
घाइते सैनिकलाई तेल अभिभस्थित अस्पतालमा पुर्याइएको छ। इजरायली सञ्चारमाध्यमले जनाएअनुसार, लडाकुले सैन्य गाडीलाई लक्षित गरेपछि आगो लागेको थियो।
यो घटना गाजाको दक्षिण र उत्तर दुवै क्षेत्रमा इजरायली सेनामाथि भइरहेको प्यालेस्टिनी प्रतिरोधका आक्रमणमध्ये पछिल्लो घटना हो
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ असार २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा २२ किलो गाँजासहित एक जना पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीनजना पक्राउ
इजरायली बन्दुकधारीको आक्रमणमा परि गाजामा १२० जनाको मृत्यु
मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
त्रिभुवन विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ