कैलाली । पछिल्ला तीन घण्टामा कैलाली जिल्लास्थित गर्भा दरबार वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रबाट बग्ने साना खोलाहरूमा बहाव तीव्र हुने सम्भावना रहेकोले तटीय बस्तीमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले आज बिहान ८:१० बजे जारी गरेको फ्लड अलर्ट (बाढी सूचना) अनुसार, लगातारको वर्षाले साना खोलानाला एक्कासी बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहने भएकोले सावधानीपूर्वक बस्न र आवश्यक परे सुरक्षित स्थानमा सर्ने तयारी राख्न सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह