कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

पत्रपत्रिकाबाट

शुक्रबार, ०७ मंसिर २०७५, ०८ : ४६
कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

काठमाडौं  ।  सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । 

करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । 

यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् । 

सरकारले मंसिर मसान्तसम्ममा सबै सार्वजनिक यातायतका साधन कम्पनीमा दर्ता गर्न समयसीमा तोकेको छ । 

अबको २२ दिनमा ४ लाख गाडी कम्पनीमा दर्ता हुने सम्भावना नरहेको यातायात विभागका अधिकारीहरु बताउँछन् । 

विभागका अनुसार पछिल्लो समयमा यातायातका साधन कम्पनीमा दर्ता हुने क्रम पुरै ठप्प भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस