काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार छानबिन समिति कति प्रभावकारी हुन्छ भन्ने एक ढंगको अनुमान गरेर संसदको अवरोध खोल्ने वा नखोल्ने निर्णयमा पुग्नेछ ।
‘भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछौं । यो कति प्रभावकारी होला भनेर छलफल गरिरहेका छौं । छलफलपछि संसद्को अवरोधबारे एउटा निर्णयमा पुर्ग्छौं’, शाहीले भने ।
राप्रपाले भिजिट भिसा प्रकरणका गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक आयोग बन्नुपर्ने उनीहरूको माग छ । तर, सरकारले उच्च स्तरीय न्यायीक आयोग नभएर उच्चस्तरीय छानबिन समिति बनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग