काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार छानबिन समिति कति प्रभावकारी हुन्छ भन्ने एक ढंगको अनुमान गरेर संसदको अवरोध खोल्ने वा नखोल्ने निर्णयमा पुग्नेछ ।
‘भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछौं । यो कति प्रभावकारी होला भनेर छलफल गरिरहेका छौं । छलफलपछि संसद्को अवरोधबारे एउटा निर्णयमा पुर्ग्छौं’, शाहीले भने ।
राप्रपाले भिजिट भिसा प्रकरणका गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक आयोग बन्नुपर्ने उनीहरूको माग छ । तर, सरकारले उच्च स्तरीय न्यायीक आयोग नभएर उच्चस्तरीय छानबिन समिति बनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने