प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट मंगलबार पारित हुँदै, एमालेले जारी गर्‍यो ह्विप

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०८२, १४ : ५७
प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट मंगलबार पारित हुँदै, एमालेले जारी गर्‍यो ह्विप

काठमाडौँ । प्रतिनिधि सभाबाट मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिने भएको छ।

त्यसका लागि सत्तारूढ नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मुख्य सचेतक महेश बर्तौलाले मंगलबारको संसद बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।

‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकलाई २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको ह्विपमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस