काठमाडौँ । प्रतिनिधि सभाबाट मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिने भएको छ।
त्यसका लागि सत्तारूढ नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मुख्य सचेतक महेश बर्तौलाले मंगलबारको संसद बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
‘नेपाल सरकारद्वारा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकलाई २०८२ असार १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ,’ बर्तौलाले जारी गरेको ह्विपमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने
कार्यसूची अघि नबढ्दै प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित